बाघडुग्रामा दुई वाहन ठोक्किएर भयो दुर्घटना

accident11-1.jpg

बाघडुग्रा: आज दुई वटा वाहन बाघडुग्रा विमान अड्डा संलग्न राष्ट्रीय राजमार्गमा आपस्तमा ठोक्किँदा दुइजना व्याक्ति घाइते भएका छन्। बाघडुग्रा विमान अड्डाबाट आज बिहान एउटा वाहन सिलगढीतर्फ गइरहेको समय विपरित दिशाबाट आइरहेको अर्को वाहनसित सोझै ठोक्कियो। यो घटनापछि दुवै वटा वाहन पल्टियो, जसमा दुवै वाहनका चालकहरू गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय मानिसहरूले घटनास्थलबाट उद्धार गरेर तिनीहरूलाई नजिकैको बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो। यसैबीच, उक्त घटनाले ट्राफिक जामको स्थिति उत्पन्न भएको देखियो। यसपछि बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा दुवै वटा वाहनलाई सडकबाट हटाइयो। यसपछि जामको समस्या हट्नको साथै यातायात परिसेवा पुनः स्वाभविक बन्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *