भारी मात्रामा लागुऔषध र सुईसहित दुई स्कुटी चालक पक्राउ

50dbc3f4-22ea-434d-9aa3-2c0c848dc318

सिलगढी: भक्तिनगर पुलिसले सादा वर्दीमा छापा मारेर भारी मात्रामा खोकीको सिरप र सुई जफ्त गरेको छ। गोप्य स्रोतबाट पाएको सूचनाको आधारमा पुलिसले भक्तिनगर थाना इलाकाबाट स्कुटीसहित दुई युवालाई पक्राउ गरेको हो। एकको नाम सुरेश शाह र अर्काको नाम लिचिङ लामा भनी बताईएको छ। ती दुवैजना स्कुटीमा पहाडमा यी लागुऔषध बिक्री गर्ने उद्देश्यले जाँदै गरेको जानकारी प्राप्त छ। सूचना पाएलगत्तै पुलिसले चेकपोष्ट क्षेत्रबाट दुवै युवालाई रंगेहात पक्राउ गर्यो। दुवैजना सिलगढीको चम्पासरी क्षेत्रका बासिन्दा रहेको पुलिसले जनाएको छ।

About Author

Advertisement