काठमाडौंः नेपालमा सत्ता गठबन्धनमा विवाद बढ्न थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कुनैपनि बेला ढल्ने संकेत गठबन्धनकै एकजना मुख्य नेताले गरेका छन्। आज बुधवार सीपीएन यूएसका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डमाथि सबैलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाउँदै सरकार ढल्न सक्ने चेतावनी दिए। उनले सुर्खेत जिल्लामा पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले दम्भ देखाइरहेको आरोप लगाउँदै गठबन्धन तोडिन सक्ने चेतावनी दिए।
नेपालले भने, हामीलाई वाइपास गरेर पीडा दिइएको छ, यसले गठबन्धन धरापमा पार्न सक्छ। नेता नेपालले प्रचण्डले राज्यशक्तिको दुरुपयोग गर्न थालेको आरोप पनि लगाए।प्रचण्डले सरकारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीलाई सामेल गर्न खोजिरहँदा माधव नेपालको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो। आरएसपीलाई सामेल गरे सत्ता गठबन्धनका विभिन्न दलले पाइरहेको मन्त्रालय छाड्नुपर्ने हुनसक्छ।यसअघि नेता नेपालले प्रचण्ड र शेरबहादुर देउवासँग आलोपालो सरकार पाँचवर्ष चलाउने सहमति भएको खुलासा गरेका थिए। यसैगरी, प्रचण्ड नेतृत्वको सरकारलाई सीके राउत नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिनसक्ने संकेतहरु देखापरेको छ। नेपाली काँग्रेसले थप मन्त्रीहरु सरकारमा पठाइरहेको छैन। यसले पनि प्रचण्डमाथि संकट बढ्न थालेको संकेत देखिएको छ।