नेपालको दार्चुलामा हिमपैह्रोमा वेपत्ता ३ को शव फेला पऱ्यो

Darchula-himpahiro-police.jpg

काठमाडौंः नेपालको दार्चुला जिल्लामा यार्सागुम्बा खोज्न गई वेपत्ता भएकामध्ये तीनजनाको शव फेला परेको छ। दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले घटनास्थलभन्दा ६ सय मिटर तल खोल्चामा शव आज बुधवार फेला परेको जानकारी दिए। भेटिएकामध्ये एकजना १८ वर्षका पुरुष छन् भने २ जना महिला छन्। वेपत्ता २ जनाको खोजी जारी रहेको धामीले बताए। पानी परिरहेकाले उद्धार कार्यमा समस्या थपिएको उनको भनाई थियो। २६ जना प्रहरी उद्धारमा खटिएको जानकारी दिए।

१२ जनामध्ये ७ जना सकुशल भेटिएका थिए। घटनास्थल दार्चुलाको व्यास गाउँपालिकाको छारुङ भन्ने ठाउँ हो। उक्त स्थानमा यार्सागुम्बा टिप्न १२ जना नाम्पा हिमालतर्फ गएकोमा प्रतिकूल मौसम भएपछि टेन्ट गाडेको ठाउँमा फर्कंदा हिमपहिरो आएको थियो । नेपालमा गएको चारदिनमा हिमाली क्षेत्रमा व्यापक हिमपात हुँदा पश्चिम नेपालको हिमाली भेगमा यार्सा टिप्न जानेहरु समस्यामा परेका छन्।

About Author

Advertisement