पाँचौं अन्तर्राष्ट्रिय योगा प्रतियोगिता २०२३ :भारत १४७ अंक जोडेर च्याम्पियन

7c2b5dfa-5299-49e0-b018-73b337a14fd6

सिलगढी: नेपालको झापामा सम्पन्न पाँचौं अन्तर्राष्ट्रिय योगा प्रतियोगिता २०२३ मा भारतले १४७ अंक प्राप्त गरेर च्याम्पियन बनेको छ। यस प्रतियोगितामा उत्तर बङ्गालका खेलाडीहरूको भारतबाट पाँचौं अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्तर बंगालका खेलाडीहरू सहभागी भएका थिए। यस प्रतियोगितामा भारत १४७ अंक जोडेर च्याम्पियन, नेपाल ११९ अंक जोडेर उपविजेता र बंगलादेश तेस्रो स्थानमा छ। भारतबाट अयान घोष, माही दत्त, अञ्जली सिंह, अंकिता चौधरी र मधुमिता तालुकदारले स्वर्ण पदक जितेका छन्। रजत पदक अभिराज चौधरी, ज्ञानवीरजय सेन, शेषजति चक्रवर्ती, शर्मिष्ठा अधिकारी, माधवी साहले जिते। आदित्य ब्यानर्जी, कुणाल ब्यानर्जी, शुभजित राय, मधुमिता तालुकदार, जयिता देव सिंह र सोहम ब्यानर्जीले कास्य पदक जिते। भारतीय प्रशिक्षक शिव हाजराले अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतले उत्कृष्ट प्रदर्शन गरेको र आगामी दिनमा थप नतिजा आउनेमा आफू आशावादी रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement