कालेबुङ जिल्ला कराते टिमको झोलीमा १५ मेडल

IMG-20230503-WA0178.jpg

कालेबुङ: पश्चिम बंगाल राज्य कराते च्याम्पियनसिप २०२३ मा भाग लिन गएका कालेबुङ जिल्ला कराते टिमको खेलाडीहरुले १५ वटा मेडल जितेर ल्याउन सफल बनेको छ। कालेबुङ जिल्ला कराते डु एसोसिएसनका एक जना खेलाडीले स्वर्ण पदक सातवटा सिल्भर मेडल र सातवटा कांस्य पदक जितेर ल्याउन सफल भएको छ। २५ौ पश्चिम बंगाल राज्य कराते च्याम्पियनसिप २९ मई र ३० मईको दिन दुर्गापुरको कानु इन्डोर स्टेडियममा समपन्न भएको थियो। यस कार्यक्रमको आयोजना पश्चिम बंगाल डु एसोसिएसन (केब)ले गरेको थियो। स्वर्ण पदक प्राप्त गर्ने खेलाडी हुन आयुषमन घले (आर्मी पब्लिक स्कुल)
सिल्भर पदक प्रापकहरुमा साहिल छेत्री, गौरव थापा, रिजजेन तामाङ, किर्तन छेत्री, अभियान गुरुङ, स्पर्श राई, रिन्छेन लामा रहेकी छिन्।
यसै गरी काँस्य पदक प्रापकहरुमा रिथविक बहादुर छेत्री, कुशल खवास, वाङ्देन तामाङ, निश्छल राई, प्रिश्किला प्रधान, लोप्साङ तामाङ, उपाराज गुरुङ रहेका छन्। कालेबुङ जिल्ला कराते टिमलाई सिहान सुशन थापाले नेतृत्व गरेका थिए। उनलाई सहयोग गर्ने सहयोगीहरुमा सेन्सी अबनिर विश्वकर्मा, सेन्सी भुपेन मिजार विश्वकर्मा, सेन्सी सुजन शर्मा थिए।यसैगरी टिम मेनेजरहरुम प्रियंका थापा, रोजी राई, चन्दन गुरुङ थिए।यस महत्वपूर्ण चेम्पियनसिपमा रेफ्री र निर्णायकको रुपमा सेन्सी रुपेस राई र सेन्सी सुजाता राई रहेको जानकारी सिहान सुसन थापाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement