सिलगढी: सिलगढीको ईस्टर्न बाईपास क्षेत्रमा अर्को एउटा सडक दुर्घटना भएको छ। दुर्घटनामा स्थानीय बासिन्दा बल्ल-तल्ल जोगिएका छन्। गएराति ईस्टर्न बाईपासको कानकाटा मोडमा एउटा ट्रक अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको बताइएको छ। बिजुलीको पोल भाच्चिएको छ।जसका कारण सम्पूर्ण क्षेत्रको बिजुली ठप्प भएको छ। घटनाले क्षेत्रमा हलचल मच्चिएको छ। आसिघर थानाका पुलिस र विजुली विभागका कर्मचारी घटनास्थल पुगेर बिजली मर्मतको काम सुरु गरेको छ। दुर्घटनामा परेको ट्रकलाई पुलिसले नियन्त्रणमा लिएको छ। यस विषयमा अनुसन्धान भईरहेको बताईएको छ।