सिलगढ़ी: पत्रकारले समाचार सङ्कलन गर्दा सबै प्रतिबन्धबाट स्वतन्त्रता पाउँनु पर्छ, यो मन्तव्य वरिष्ठ पत्रकार देवाशिष चक्रवर्तीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा भनेका छन्। उनले सरकारसँग यस्तो अपील गरे। उनले भने,पत्रकारहरूको सुरक्षाको दृस्टिकोणले भारत विश्वमा १०औं स्थानमा छ। सोही अवसरमा वरिष्ठ पत्रकार अंशुमन चक्रवर्तीले पत्रकारहरूमाथि हुने बाहिरी दबाबप्रति चिन्ता व्यक्त गर्दै नयाँ पत्रकारलाई आधारभूत कुरामा जोड दिने सुझाव दिए।