प्रीमियर लीगः चेल्सीलाई पराजित गरी शीर्ष स्थानमा फर्किन सफल आर्सनल

IMG-20230503-WA0114.jpg

३ मईः ईंग्लिश प्रीमियर लीगमा जीतको लय हासिल गर्दै आर्सनल फेरि शीर्ष स्थानमा पुग्यो। मंगलवार राति खेलिएको म्याचमा आर्सनलले निराशाजनक फर्ममा रहने चेल्सीलाई ३-१-ले पराजित गऱ्यो। गत हप्ता म्यानचेष्टर सिटी विरुद्ध ४-१-ले हारको सम्मुखीन हुने आर्सनलले चेल्सी विरुद्ध असाधारण प्रदर्शन गर्दै लीग च्याम्पियन बन्ने सम्भावनालाई जीवित राख्यो। खिताब जित्ने होड़मा अहिले सिटी सामान्य अघि रहे पनि आर्सनलले पाँचवटा म्याचमा पहिलो जीतको साथ पेप ग्वार्डिओलाको टीमलाई खेदो गर्न जारी राख्ने स्पष्ट संकेत दिएको छ। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले मध्यान्तर अघि नै चेल्सीको नेटमा ३ गोल हाल्यो। यसमा मार्टिन ओडेगार्डले २ गोल गरे। नर्वेका फूटबलरले म्याचको १८औं र ३१औं मिनटमा गोल गरे। त्यसपछि गेब्रिएल जीससले ३४औं मिनटमा अझ एक गोल गरी आर्सनललाई मध्यान्तर अघि नै ३-०-को बढ़त दिलाए। त्यसपछि नोनी माडुएकेले ६५औं मिनटमा चेल्सीको निम्ति एक गोल गरे पनि होम टीमलाई म्याच जित्नदेखि रोक्न सकेनन्।

यस जीतपछि आर्सनल ३४ वटा म्याचमा ७८ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा पुग्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने सिटीभन्दा २ पोइण्ट अधिक रहेको छ तर ग्वार्डिओलाको टीमसँग आउँदो हप्ता आर्सनललाई पछि छोड़्ने मौका रहनेछ। यसरी लगातार चौथो म्याचमा पराजित हुने चेल्सी चाहिँ अहिले ३३ वटा म्याचमा ३९ पोइण्टको साथ १२औं स्थानमा रहेको छ। यसरी नै लिस्टर सिटी र एभर्टनबीच खेलिएको म्याच चाहिँ २-२-ले ड्र रह्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *