बीरपाडा: बीरपाडा १ नम्बर ग्राम पञ्चायतको न्यू लाइनमा प्यारी खडियाको घर जलमग्न भयो| दिनरात पानी परेकोले न्यूलाइनको कतिपय घरहरू जलमग्न भएको छ| आज प्यारी खडिया लगायत छेउछाउका घरहरूमा वर्षाको पानी पसेर धेरै क्षति गरेको छ| प्यारी खडियाको सर- समान, कपडा खाद्यान्न, ओछयान तथा चुल्हासम्म पानीको स्तर बढ्नले भोक भोकै बस्न परेको वाध्यता भएको छ| खडियाले आफु विधवा भएको तथा एउटा छोरीसित कष्टमय जीवन बिताइरहेको बेला अझ समस्य आइपरेको भनी दुख पोखाइन्| तिनले उक्त समस्याको समाधान गरिदिने अपिल गरिन्| उक्त क्षेत्रका ग्राम पञ्चायत लक्षुमन लिम्बुले भने कि प्यारी खडियालाई क्षणिक खाद्यान्नको व्यवस्था गरीदिएको भनी बताए तर उक्त समस्याको समाधानको निम्ति ग्राम पञ्चायत प्रधान तथा खण्ड विकास अधिकारीले छेउको नाला सफाई गर्न लगाएर जमेको पानी बग्ने व्यवस्था तुरुन्तै गर्नुपर्ने बताए| त्यसको निम्ति उक्त समस्या विषयमा प्रधान अनि खण्ड अधिकारीले उक्त समस्याको सर्वेक्षण गर्नुपर्ने भनी बताए| त्यस क्षेत्रसित संलग्न सिलवर अक् निजी पाठशालाको परिसर अनि श्रेणी कक्षहरूमा पनि पानी पसेर जलमग्न भएको छ| गत हाप्त देखि निरन्तर पानी परेकोले गर्दा बीरपाडा लगायत अन्य धेरै ठाउँहरूमा वर्षाको पानीले जनजीवन अस्तव्यस्त बनाएका छ|










