गोर्खाहरूको समस्यालाई समाधान गर्न सरकारको इच्छाशक्ति छैन: जितेन राई
दार्जीलिङ: सचेत युवाहरू राजनीतिमा आए,हाम्रो समाज र हाम्रो जातिले सठीक मार्गदर्शन पाउने छन्, यो मन्तव्य हाम्रो पार्टीको महकुमा समिति महासचिव एंव सभासद जितेन राईले पोखेका हुन।शहरको मालरोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यलय पीकोठीमा पार्टीको सांगठनिक सभा सम्पन्न भयो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टीको दार्जीलिङ महकुमा समिति महासचिव एंव सभासद जितेन राईले सचेत युवा जमातलाई राजनीतिमा आउने आहवान गरे।तिनले भने, युवा भनेको समाजको ऐना हो, जातिको मेरूदण्ड हो,यदि एउटा युवा विग्रिए पुरै समाज बिग्रिएर जानेछ, एउटा युवालाई हामीले सठीक मार्गदर्शन गर्न सक्यौ भने, उसले हाम्रो समाज र जातिमा परिवर्तन ल्याउन सक्छ, हाम्रो पार्टीको भिजन पनि युवाहरूलाई सठीक मार्गदर्शन गर्नु हो। तिनले भने, नून देखि सुनसम्ममा राजनीति छ, रेलदेखि तेलसम्ममा राजनीति छ, देशको सदनमा पनि राजनीति नै हुन्छ, त्यसकारण राजनीतिमा राम्रा युवाहरू अघि आउँनुपर्छ, यदि हामीले हाम्रो समाजमा परिवर्तन ल्याउन चाहन्छौ भने युवा जमातहरू अघि आउँनै पर्छ। राईले अझै भने, हामी गोर्खा जातिको समस्या समाधान गर्न केन्द्र होस अथवा राज्य होस, कसैको पनि इच्छाशक्ति छैन, केन्द्रको भाजपा सरकारलाई हामीले तीन-तीन पटक सांसद दिईसकेका छौ तर हाम्रो समस्याको समाधान गर्न केन्द्र सरकारसंग इच्छाशक्ति छैन, यदि केन्द्र सरकारसंग इच्छाशक्ति भएको भए आजभन्दा धेरै बर्ष अघि नै हाम्रो समस्याको समाधान भईसकेको हुने थियो। राज्यकी मुख्यमंत्री ममता ब्यानर्जी दार्जीलिङ आउँदै पिछे दार्जीलिङलाई स्वीजरल्याण्ड बनाउने कुराहरू गर्छिन तर दार्जीलिङ पहाडको अवस्था दिन-प्रतिदिन सोचनीय बन्दै जादैछ।दार्जीलिङमा राजनीतिक परिवर्तनको खाँचो छ अनि यो परिवर्तन युवा जमातले मात्र ल्याउन सक्छ अनि सचेत युवाहरू राजनीतिमा आउँनुपर्छ,पहाडको राजनैतिक कुसंस्कारलाई निमिटयान्न बनाउनु पर्छ, राईले भने।










