टेट परीक्षा लगायत विविध विषयहरूमाथि हाई कोर्टका वकीलहरुसंग एडवार्ड्सद्वारा चर्चा-परिचर्चा

Screenshot_20230503_001118_WhatsApp.jpg

दार्जीलिङ: विगतका टेट परिक्षा आदि जस्ता विषयहरूमाथि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्सले कलकत्ता हाई कोर्टका अधिवक्ताहरूसंग चर्चा-परिचर्चा गरेका छन्। अजय एडवार्ड्स अनि उनको टीम कलकत्ता पुगेका छन्। काेलकत्तामा हाम्रो पार्टीको टोली दुई समूह भएर काम गरीरहेको जानकारी छ, जसमा एउटा टोलीले निर्वाचन आयोगमा नगर पार्षदिका उषा राईको विषयमा काम गरीरहेको छ भने अर्कोतिर एडवाडर्सले टेट परिक्षाको विषयमाथि कलकत्ता हाई कोर्टका अधिवक्ताहरूको टोलीसंग बसेर चर्चा-परिचर्चा गरीरहेका छन्।यसै संदर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले टेट परिक्षा फर्जी हो भन्नेबारे जीटीएका पूर्व चेयरम्यान विनय तामाङले मिडियामा खुलासा गरेको र यसको साक्षी स्वयं विनय तामाङ रहेको बताएका छन्।
अजय एडवार्ड्सले हाई कोर्टका अधिवक्ताहरूसंग पहाडका तीनवटा नगरपालिकामा प्रशासक नियुक्त गरेर संचालन गरेको एक बर्ष पुग्न लाग्दा पनि चुनाव नगराएको, जब की कुनै पनि बोर्डको कार्यकाल समाप्त भएको ६ महिना सम्म मात्र प्रशासक नियुक्त गरेर संचालन गर्ने प्रवाधान छ भन्ने विषयको पनि उठान गरेका छन्।
विगत कोरोना संक्रमणकालको समयमा चिया श्रमिकहरूलाई आर्थिक सहयोग गर्न हेतु जीटीए चेयरम्यान रिलिफ फण्ड संग्रह गरेका, जसमा विनय तामाङले नै एक लाख एक हजार रूपियाँ प्रदान गरेका अनि अन्य धेरैले रिलिफ फण्डमा अर्थ सहयोग गरेको तर श्रमिकवर्गलाई त्यो लाभ अहिलेसम्म प्राप्त नभएको बारे पनि अध्यक्ष एडवाडर्सले हाई कोर्टका वकीलहरुको टीमसंग चर्चा-परिचर्चा गरेको जानकारी प्राप्त भएको।

About Author

Advertisement