पाकिमः लिङ्के-ठेकाबुङ्ग संस्कृत विद्यालयले एक दिवसीय श्रीमद्भागवत गीताको महिमा र ज्ञान बाँडन आज एक दिवसीय अन्तर विद्यार्थी गीता पाठ अनि वाचन प्रतियोगिता आयोजन गऱ्यो। यस अवसरमा लिङ्के-ठेकाबुङ्ग संस्कृत पाठशाला बाहेक पाचेखानी संस्कृत पाठशाला, आहु संस्कृत पाठशाला, तारेथाङ अनि लिङ्के सरकारी माध्यमिक विद्यालयका विद्यार्थीहरूले एकल गीता पाठ एवम् वाचन प्रतियोगितामा सहभागिता जनाजा थिए। यस अवसरमा सिक्किम सूचना आयोगका राज्य सूचना आयुक्त सीपी ढकाल, शिक्षा विभागका भाषा प्रभागका अतिरिक्त निदेशक चुकसुङ लेप्चा, स्थानीय पञ्चायत अध्यक्ष चन्द्रकला छेत्री, सिक्किम सरकारका पूर्व सचिव कमल काफ्ले, शिक्षा विभागका पू्र्व अतिरिक्त निदेशक हेम प्रसाद ढकाल, नारायण प्रसाद ढकाल अनि विभिन्न संस्कृत पाठशाला र लिङ्के माध्यमिक विद्यालयका शिक्षक- शिक्षिकाहरूको उपस्थिति रहेको थियो भने प्रधानाध्यापक लक्ष्मी प्रसाद अधिकारीले पाठशालाको गतिविधिमाथि प्रकाश पारेका थिए।
श्रीमद्भागवत गीता महिमा र प्रतियोगिताबारे बोल्दै मुख्य अतिथि सूचना आयुक्त सीपी ढकालले गीतामा जीवन, दर्शन, कर्म, योग, र आत्मा ज्ञान मात्र नभएर युद्ध र दन्द्वका बीच जीवनमा कर्तव्य पथ बुझाउने दर्शन रहेको बताए। विद्यार्थीहरूलाई जीवन दर्शन र व्यवहारिक बन्न र लेख्न र पढ्नमा दक्ष बन्ने दिखाया उत्प्रेरित पनि गरे। संस्कृत पाठशालाका संस्थापक अध्यक्ष कमल काफ्लेले विद्यालयको पृष्टभूमि, वर्तमान अवस्था र संस्कृत पाठशालाले उठाएको कार्यक्रममाथि प्रकाश पर्दै गीता एक धर्मावलम्बीहरूको मात्र नभएर कर्म, भक्ति र ज्ञानयोग प्रदान गर्ने भएको बताउए। संस्कृत प्राचीन भाषाहरूमध्ये एक भएको जानकारी गराउँदै विश्वका प्रसिद्ध व्यक्तित्वहरूले संस्कृत र गीताको अध्ययनबाट उत्प्रेरित भएका विभिन्न दृष्टान्तहरू राख्दै गीता अध्ययनले जीवन र कर्म, कर्तव्य र ज्ञान प्रदान गरेको बताए। एक दिवसीय गीता पठन अनि वाचन प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै भाषा प्रभागका अतिरिक्त निदेशक चुकसुङ लेप्चाले संस्कृत भाषाको पठन-पाठन, शिक्षणले कर्मकाण्ड मात्र नसिकाएर योग्य र दक्ष व्यक्तित्व र सुसंस्कारित बनाउने बताए। उनले राज्य सरकारद्वारा संस्कृत शिक्षण व्यवस्थामाथि व्यापक परिवर्तन गरी पाठ्य पुस्तकहरूको तयारी अन्तिम चरणमा रहेको जानकारी गराए। भाषा प्रभागको तत्परतामा आगमी पश्चिम सिक्किमको गेजिङ जिल्लाको योक्सम महकुमामा तीन दिवसीय राज्य स्तरीय ज्ञान शिविर आयोजन हुन गइरहे र संस्कृत पाठशालाका विद्यार्थीहरूले पनि उक्त ज्ञान शिविरमा सहभागी बन्न आग्रह गर्दै त्यसता ज्ञान शिविरबाट विद्यार्थीवर्गले फाइदा उठाउन पर्ने बताए। यस बाहेक नारयण ढकालले गीताको महिमामाथि प्रकाश पारे।