हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता लाडुप घिसिङमाथि प्राण घातक हमला

IMG-20230502-WA0279.jpg

मेरो मुख थुन्नलाई ममाथि प्राण घातक हमला गरेको हो: लाडुप घिसिङ

दार्जीलिङ: हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता लाडुप घिसिङमाथि प्राण घातक हमला भएको हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएको छ। गत दुई दिन अघि हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता लाडुप घिसिङमाथि प्राण घातक हमला भएको बताइएको छ। हमलामा प्रवक्ता घिसिङको टाउकोमा गहिरो चोट लागेको बताइएको छ। प्रवक्ता घिसिङलाई दिनको उज्यालोमा घरको आँगनमा नै आक्रमणकारीहरूले प्राण घातक हमला गरेको जानकारी गराइएको छ। उनलाई रक्ताम्मे अवस्थामा छिमिकीहरूले देखेपछि एक आक्रमणकारीलाई समातेर पुलिसको हातमा सुम्पिएको र बाँकी आक्रमणकारीहरू भाग्न सफल भएको हाम्रो पार्टी मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामाले बताएका छन्। यसै सन्दर्भमा हाम्रो पार्टी प्रवक्ता लाडुप घिसिङले आफुमाथि भएको आक्रमण राजनीतिले प्रेरित रहेको बताए। उनले भने, ‘पहाडमा दिन प्रतिदिन भईरहेको भष्ट्रचार,भाइ भतिजावाद,धाँधली आदि जस्ता विषयहरू आफुले आरटीआईको माध्यमद्वारा खोजी निकालेर सार्वजनिक गर्दै आईरहेको विषयहरू उनीहरूलाई हजम भएको थिएन। त्यसैले उनीहरूले आफुमाथि प्राण घातक हमला गरेको हो।’ आक्रमणकारीहरूको विरोधमा आफुले मिरिक थानामा प्राथमिकी दर्ता गरेको तर आजसम्म एक आरोपीबाहेक अन्य आरोपीहरूलाई पुलिसले समात्न सकेको छैन भन्ने घिसिङले बताए। उनले अघि भने, गत केही महिना अघि एक चिया बगानको चौकीदारले बगानको मालिकलाई धम्काउँदा पुलिसमा प्राथमिकी दर्ता गरेको थियो। आफु विरूद्व पुलिसमा प्राथमिकी दर्ताको थाहा पाएर चौकीदार भागेको थियो तर पुलिसले चौकीदारलाई समात्न चौकीदारको घर परिवारमाथि दवाब बनाएर चौकीदारलाई समात्ने काम गरेको थियो। तर दिनको उज्यालोमा आफुमाथि प्राणघातक हमला गर्नेहरूलाई आजसम्म समात्न नसक्दा आफु आचार्य चकित भएको प्रवक्ता घिसिङले बताए। पहाडमा दिन प्रतिदिन हिस्रक घटनाहरू बढ्दै जाँदैछ। हिज अस्तीको दिन मात्र कालेबुङमा एकजना गोरामुमो कार्यकर्ताको हत्या भएको प्रवक्ता घिसिङले बताए। यस्ता घटनाहरूमाथि रोक लगाउन प्रशासनले कठोर कदम उठाउनु पर्ने हाम्रो पार्टीले मांग गरेको छ।आफुमाथि प्राण घातक हमला आदि जस्ता घटनाहरू गरेर आफ्नो मुख थुन्ने प्रयास गरी रहेको छ तर म जनताको हितमा आवाज उठाउने कार्यदेखि पछि हट्ने छुइन। आफुमाथि भएको प्राण घातक हमलाको सत्यता आगमी केही दिनभित्रमा नै सार्वजनिक गर्ने हाम्रो पार्टी प्रवक्ता घिसिङले घोषणा गरेको छ। आज हाम्रो पार्टी मिरिक महकुमा समितिको अध्यक्ष प्रशान्त लामाको नेतृत्वमा हाम्रो पार्टीको टोलीले मिरिक थानामा पार्टी प्रवक्ता लाडुप घिसिङमाथि प्राण घातक हमला गर्नेहरूलाई अविलम्ब पक्राउ गर्ने मांग गर्दै ज्ञापन पत्र चढाएको छ। यस विषयमाथि हाम्रो पार्टीले दार्जीलिङ जिल्लाधिकारी, पुलिस अधिक्षक, मिरिक महकुमा शासक लगायत नर्थ बेगाल आईजीसंग पनि भेटवार्ता गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement