ट्रक र मोटरसाइकल भीडन्त दुई जनाको मृत्यु

IMG-20230502-WA0272.jpg

जलपाईगुडी: जलपाईगुडी-सिलगढी राष्ट्रिय राजमार्गको रानीनगर नजिक मंगलबार राति सडक दुर्घटनामा दुई मोटरसाइकल चालकको मृत्यु भए। घटनापछि उक्त क्षेत्रमा ठूलो तनाव देखिएको छ। पुलिस स्रोतका अनुसार मोटरसाइकल र लरी एक आपसमा ठोक्किएपछि राष्ट्रिय राजमार्गमा दुई मोटरसाइकल चालक गम्भीर घाइते अवस्थामा देखेपछि स्थानीयले पुलिस लाई खबर गरे। मृतक दुवै युवाको घर बेलकोपा क्षेत्रमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पुलिसले उनको पहिचानको प्रयास गरिरहेको छ। जलपाईगुडी कोतवाली पुलिस स्टेशन र सदर ट्राफिक पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement