केन्द्र सरकारको विभिन्न योजनाहरूको पैसाले जीटीए चलिरहेको छ: सांसद राजु विष्ट

IMG-20230502-WA0268.jpg

खरसाङ: दार्जिलिङका सांसद राजु विष्टले आज खरसाङ खण्ड अन्तर्गतका विभिन्न क्षेत्रहरूको भ्रमण गरे। विष्ट सर्वप्रथम खरसाङको लंगभ्यु चियाबारी, गोदामधुरामा आजदेखि सम्पन्न हुन लागेको नौ दिवसीय श्रीमद् भागवत ज्ञान यज्ञमा आइपुगे। उनलाई यहाँ विषेश स्वागत जनाइयो। यस अवधि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद विष्टले आज उनी खरसाङ क्षेत्रका विभिन्न स्थानमा भइरहेको पूजा अर्चनामा सहभागी बन्न अनि पार्टी कारयकर्ताहरूसंग भेट गर्न आएको जनाए। उनले पञ्चायत चुनाउको सन्दर्भमा सोधिएको प्रश्नमा राज्यकी मुख्यमंत्री ममता ब्यानर्जी अनि तिनका भतिजा अभिषेक ब्यानर्जीको तानातानले यो रोकिएको जनाए। विष्टले पहाडवासीको निम्ति चाँडै शुभ खबर आउने कुरो दोहोर्याउँदै बंगालबाट नछुट्टीकननै छुट्टै राज्य हुने संकेत दिए। विष्टले दार्जिलिङ पहाड नभएकोले यो बंगालबाट नछुटिने पनि अवगत गराए। विष्टले आजनै स्प्रीङ साइडमा अवस्थित माता शीतलादेवी मन्दिरको पनि भ्रमण गर्दै माताको दर्शन गरे औं यहाँस्थित बुढी बोज्यू मन्दिर अनि गुम्बामा पनि पुगेर दर्शन गरेका थिए। खरसाङको लङ्भ्युमा महापुराणमा सामेल हुन आईपुगेका सांसद राजु विष्टले पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जातिको मुटु मानिने दार्जिलिङ हो भने खरसाङ पनि गोर्खा जाति र भाषालाई बचाउने मुख्य स्थान बन्नेछ भन्ने कुरामा आशा छ भनी बताएका छन्। उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै भने, ‘पहाड़मा त्रिस्तरीय पञ्चायत चुनाव हुनु पर्ने हो जुन संविधानले दिएको अधिकार हो। तर पहाड़मा दुई स्तरीय पञ्चायत चुनाव भए पनि हामी गठबन्धनका दलहरू मिलेर पञ्चायत चुनाव लड्नेछौं। पञ्चायत चुनाव हामीले जित्नुपर्छ कारण पञ्चायत चुनाव महत्वपूर्ण बनेको छ। पञ्चायत चुनाव हामीले जितेको खण्डमा गाउँको विकास भएर जानेछ।’
उनले सय दिने रोजगार विषयमा सोधिएको प्रश्नको उत्तरमा सय दिने रोजगारको काम केन्द्रले रोकेर राज्यमात्र दवाब दिएको मात्र हो तर पैसा नदिने भनेको होइन। अहिले मनरेगाको पैसा खाएर जीटीए चलाउने कार्य भईरहेको छ। कारण जीटीएमा पैसा छैन अनि जीटीए त केन्द्रको योजनाहरूको कारण अनि केन्द्रको प्याले नै चलिरहेको छ। केन्द्रको योजनाहरू जस्तै मनरेगा, प्रधानमन्त्री ग्राम सड़क परियोजना, प्रधानमन्त्री आवास योजना, हर घर जल परियोजना आदिले अहिले जीटीए चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement