२ मईः भारतीय क्रिकेट टीमले आईसीसी टेस्ट टीमहरूको ऱ्यांकिंगमा शीर्ष स्थान हासिल गऱ्यो। आउँदो महिना खेलिने वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनल अघि यस उपलब्धिले भारतीय टीमको मनोबल अवश्यै बढ़ाउनेछ। भारतसँग अहिले २५ वटा म्याचमा ३०३१ पोइण्ट्सको साथ १२१ रेटिंग रहेको छ। दोस्रो स्थानमा रहने अष्ट्रेलियासँग २३ वटा म्याचमा २६७९ पोइण्ट्सको साथ ११६ रेटिंग रहेको छ। टेस्ट टीमहरूका ऱ्यांकिंगमा ईंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र न्यूजील्याण्ड पाँचौं स्थानमा रहेको छ। उल्लेखनीय छ, भारत र अष्ट्रेलियाबीच आउँदो ७ जूनदेखि खेलिने डब्ल्यूटीसी फाइनलमा भिड़न्त हुनेछ। म्याच लण्डनको द ओवलमा खेलिनेछ। टेस्ट मात्र नभएर भारत टी२० टीमहरूका ऱ्यांकिंगमा पनि शीर्ष स्थानमा रहेको छ। भारतसँग अहिले १८,४४५ पोइण्ट्सको साथ २६७ रेटिंग रहेको छ। त्यसपछि ईंग्ल्याण्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र न्यूजील्याण्ड पाँचौं स्थानमा रहेको छ। वनडे टीमहरूका ऱ्यांकिंगमा चाहिँ भारत तेस्रो स्थानमा रहेको छ। शीर्ष दुई स्थानमा अष्ट्रेलिया र न्यूजील्याण्ड रहेको छ।









