बॉंस शिल्पमाथि १५ दिवसीय प्रशिक्षण समाप्त

Untitled-1-copy-20

पाकिमः सहकारिता विभागले बॉंस शिल्पमाथि तारेथाङमा आयोजन गरेको १५ दिवसीय कौशल विकास प्रशिक्षण सोमवारर समाप्त भयो। प्रधानमन्त्री वन धन विकास योजना अन्तर्गत तारेथारङ वन धन विकास केन्द्र प्रशिक्षण आयोजन गरिएको थियो। यस प्रशिक्षणमा ५० जनाले भाग लिएका थिए। प्रशिक्षार्थीहरूलाई फलको बास्केट, ट्रे, मग, चम्ची आदि सामग्रीहरू बनाउने प्रशिक्षण दिइयो। नामथाङ बॉंस हस्तशिल्पका फुर्बा तामाङ र उनका सहायक नर्बु लेप्चा मास्टर ट्रेनर थिए।

समापन समारोहमा सहकारिता विभागका अधिकारीहरू उपस्थित थिए। सहायक रेजिस्ट्रार रोहिनी मुखियाले प्रशिक्षुहरूलाई प्रधानमन्त्री वन धन विकास योजनाको बारेमा जानकारी गराइन्। अतिरिक्त रेजिस्ट्रार केसाङ याङ्कीले प्रशिक्षुहरूलाई यस्ता कार्यक्रमहरूबाट लाभ उठाउन आह्वान गरिन्। प्रशिक्षुहरूलाई प्रमाणपत्र पनि वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement