नयाँ दिल्लीः केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले नयाँ दिल्ली नगरपालिका परिषद (एनडीएमसी)-का 4400 कर्मीहरूलाई बुधवार नियमितीकरण (स्थायीकरण)-को नियुक्ति-पत्र प्रदान गर्नेछन्। गृह मन्त्रालयले मंगलवार सो जानकारी गराएको छ। मन्त्रालय अनुसार बुधवार साँझ ०४:३० बजे तालकटोरा इण्डोर स्टेडियममा गृहमन्त्री शाहले 4400 कर्मीहरूको नियमितीकरणको पत्र उनीहरूलाई प्रदान गर्नेछन्।
उल्लेख्य, केजरीवाल सरकारले यी ४४०० कर्मीहरूलाई स्थायी नोकरी दिने सम्बन्धमा केन्द्र सरकारलाई प्रस्ताव पठाएको थियो जसलाई गृहमन्त्रीले स्वीकार गर्दै दिल्लीका मुख्यमन्त्रीलाई गत फरवरी महिनामा पत्राचार गरी यस सम्बन्धमा अवगत गराएका थिए। अब शाहले एनडीएमसीका ४,४०० कर्मचारीहरूलाई नियमितीकरणको पत्र दिरहेका छन्।









