सिलगढी: वीर क्रान्तिकारी प्रफुल्ल चाकीको ११६औ पुण्यतिथिको अवसरमा सिलगढी नगर निगमको तर्फबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो। अंग्रेज विरोधी सशस्त्र आन्दोलनका सबैभन्दा कान्छो स्वतन्त्रता सेनानी वीर क्रान्तिकारी प्रफुल्ल चाकी थिए। देशलाई दासत्वबाट मुक्त गराउन अन्तिम साससम्म लडे। सिलगढी नगर निगमले यस वीर क्रान्तिकारीको ११६औं पुण्यतिथि मनाएको छ। तराई तारापद माविमा पनि वीर क्रान्तिकारी प्रफुल्ल चाकीको पुण्यतिथि मनाइयो। कार्यक्रममा सिलगढीका मेयर गौतम देव र उपमेयर रञ्जन सरकार उपस्थित थिए। उनीसँगै अन्य महानुभावहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा तराई तारापद हाईस्कुलका शिक्षक तथा विद्यार्थीहरुले पनि प्रफुल्ल चाकीप्रति श्रद्धाञ्जली अर्पण गरे।