सिलगढी: उचित शिक्षाको लागि प्रत्येक बालबालिकाले श्रद्धापूर्वक शिक्षा र ज्ञान प्राप्त गर्न आवश्यक छ, तब मात्र समाजको समुचित विकास सम्भव छ। यहाँको सेवक रोडस्थित शारदा शिशुतीर्थ, विद्यालयका प्रधानाध्यापक निर्भय कान्ति घोषको भनाइ हो यो। एक अन्तर्वार्तामा नानीहरूलाई इंगित गर्दै उनले भने, ‘श्रद्धापूर्वक सिक्नुहोस्, असल बन्नुहोस् र बनाउनुहोस्’ ।शारदा शिशु तीर्थ विद्यालयमा गुणस्तरीय शिक्षा दिइने प्रधानाध्यापकले बताए । उनका अनुसार,अहिले बालबालिकाहरू मोवाइलतर्फ बढी आकर्षित भएकाले अभिभावकहरू निकै चिन्तित भएका छन्। तर यसबाट उनीहरूको ध्यान हटाउनको लागि पहिले अभिभावकले मोबाइल छोड्नुपर्छ । ‘किताबको कीरा’ भन्ने भनाइ बिस्तारै लोप हुँदै गएको उनले बताए ।अर्थात् पहिले-पहिले बालबालिकाहरु किताबतर्फ बढ़ी आकर्षित हुने गर्दथे भने अहिले धेरै बालबालिका मोबाइलको गुगलमा निर्भर छन् । पश्चिम बङ्गालको शिक्षाको अवस्था हेर्दै उनले शिक्षालाई राजनीतिबाट अलग राख्नुपर्ने बताए । शिक्षालाई राजनीतिसँग जोड्नु हुँदैन । अन्तमा उनले हरेक बालबालिकाले श्रद्धाका साथ ज्ञान प्राप्त गरी ज्ञानको साथ हुर्किनुपर्ने बताए। ताकि समाजको समुचित विकास होस् ।