ब्रम्हपुत्रको तीर र माँ कामाख्याको काखमा ‘नदी अनि नारी’ कार्यक्रम: सम्वर्द्धित कवयित्री मञ्जुला तामाङ सुब्बा 

00-1-IMG-20230502-WA0210

गुवहाटी: गत् आइतबारको दिन ‘कोहिनूर  वर्ल्ड बुक अफ  रेकर्ड मा दर्ता एकमात्र नारी केन्दित संस्थाको मञ्च ‘नदी अनि नारी’ राष्ट्रिय कविता समारोहमा दार्जीलिङ जिल्लाबाट नेपाली भाषी कविको रुप प्रतिनिधित्व गर्दै कवयित्री मञ्जुला तामाङ सुब्बाले ‘साहित्य संस्कृति अन्तर्राष्ट्रिय कविता  मञ्च’मा संस्थाकै सदस्यको हैसियतमा  आफ्नो सहभागीता जनाएकी छन्।

 गुवहाटी खानापारा स्थित युनिभर्सिटी अफ् साइन्स एण्ड टेक्नोलोजी (युएसटीएम)को डा. अबदुल कलाम प्रेक्षागृहमा आयोजित उक्त कार्यक्रममा मेघालयका कुलपति माहाबुबिल हुसेन समारोह अध्यक्षको रुपमा आसिन थिए भने प्रमुख अतिथिगणमा इस्लाम हुसेन,मेराज वासिकु रहमान, विशिष्ट अतिथिगणमा सदानन्द गोगोई,दिलीप  बरूवा उपस्थित थिए। 

बङ्गलादेश,  नेपाल, अमेरिका, आसामका विभिन्न जिल्लाहरू, कोलकाता, दार्जीलिङ, सिलगढीबाट ‘नारी अनि नदी’ संस्थाका नारी कवि सदस्याहरूबाट आ-आफ्नो भाषामा कविता वाचन गरियो।  कार्यक्रममा कवि इस्माइल हुसेन अनि अभिनेत्री जरिनाद्वारा सञ्चालन समारोहमा आफ्नो मातृभाषामा कविता वाचन गर्ने सुयोग पाउँदा आफुलाई गर्वबोध भएको कवि मञ्जुला तामाङ सुब्बाले बताइन्। कवि मञ्जुला तामाङलाई यस भव्य समारोहबीच फुलाम झपी (टोपी) दुमियर गामोसा, फारू , तोका, आसामका प्रतिक गैँडा, आसाम चिया र  सम्वर्द्धना पत्रद्वारा सम्मानित बनेपछि ‘नदी अनि नारी’ मञ्च साथै सीईओ/संस्थापक रोनाल्डो टैड, काव्यमणी बोरा, कवि तथा लिटल मेजिन अफ सिलगढीका सम्पादक महुवा चौधरीप्रति आभार व्यक्त गरेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement