बीएसएफले बांग्लादेशी घुसपैठीलाई पक्राउ गऱ्यो

IMG-20230408-WA0112.jpg

कुचबिहारः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाईगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ) को ४०औं बटालियनका जवानहरूले बर्डर आउट पोस्ट (बीओपी) कुचलीबाड़ीमा एक बांग्लादेशी नागरिकलाई भारतमा अवैध रूपमा घुसपैठ गरेको आरोपमा पक्राउ गरेका छन्। पक्रा परेको बांग्लादेशी नागरिकको नाम शफीकुल इस्लाम (२६) बताइएको छ।

बीएसएफको तर्फबाट मंगलवार प्रेस विज्ञप्ती जारी गरी यसको जानकारी दिइयो। जानकारी अनुसार, शफीकुल इस्लामलाई त्यस समय पक्राउ गरियो जब व्यक्ति संदिग्ध अवस्थामा भारत-बांग्लादेश सीमा नजिक भट्किरहेको थियो। तब जवानहरूले उसलाई समाए। सोधपुछमा उसले बतायो, उसले भारतमा नौकरीको खोजीमा केही अज्ञात सहयोगीहरूको मद्दतले अवैध रूपमा सीमा नाघेको थियो तर बांग्लादेशबाट भारत सीमा नाघेपछि आफ्नो सहयोगीहरूसित उसको सम्पर्क टुट्यो। पक्रा परेको बांग्लादेशी नागरिकलाई कुचलीबाड़ी थानालाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement