१७ जूनः सुबोथ फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित अण्डर-१६ युथ लीग नक्आउट फूटबल टुर्नामेण्ट २०२२ अन्तर्गत शुक्रवार दुईवटा म्याच खेलियो। मिलनमोड़को सेण्ट जोन्स स्कूल नजिक मेचे बस्तीमा स्थित नेटवर्क मिनिष्ट्री सेण्ट्रल खेल मैदानमा आज भएको पहिलो म्याच (पहिलो सेमिफाइनल)-मा युनाइटेड सिक्किम फूटबल एकाडमीले इज्राइल गुरुङ फूटबल एकाडमीलाई ४-२-ले पराजित गरी फाइनलमा स्थान बनायो। म्याच चरम रोमाञ्चक र प्रतिस्पर्धी रह्यो। यसरी नै दिनको दोस्रो म्याचमा मिलनमोड़ फूटबल एकाडमीले माउण्ट जायोन ईंग्लिश बोर्डिंग स्कूललाई ४-१-ले पराजित गरी सेमिफाइनलमा स्थान बनायो। अब शनिवार हुने दोस्रो सेमिफाइनलमा मिलनमोड़ एफए-ले युनाइटेड सिलगढ़ी फूटबल एकाडमीको चुनौती स्वीकार्नेछ। टुर्नामेण्टको फाइनल सोमवार खेलिनेछ।










