केन्द्र र राज्य विरुद्ध फरवर्ड ब्लकद्वारा आन्दोलनको घोषणा

94a8a8ea-3e7e-4cbb-9288-ba1268029ada

कुचबिहारः पञ्चायत चुनाव नजिकिँदै गर्दा फरवर्ड ब्लकले केन्द्रको बीजेपी सरकार र राज्यको तृणमूल सरकार विरुद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। फरवर्ड ब्लक नेता नरेन च्याटर्जीले आज कुचबिहार पार्टी जिल्ला कार्यालयमा पत्रकार सम्मेलन गरेर यो आन्दोलनको घोषणा गरे। उनले भने कि केन्द्रको भाजपा सरकारले देशको सबै सम्पत्ति निजी कम्पनीहरूलाई बेचिरहेको छ। जसका कारण देशमा बेरोजगारीको संख्या बढ्दै गएको छ। अर्कोतर्फ राज्यको तृणमूल सरकार भ्रष्टाचारमा डुबेको छ। ग्राम पञ्चायतदेखि नवान्नसम्म सबैतिर भ्रष्टाचार व्याप्त छ। शिक्षामन्त्री आफै जेलमा छन्। त्यसैले फरवर्ड ब्लकले केन्द्र र प्रदेश सरकार विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। ६ जुलाई जिल्लामा यो आन्दोलनको कार्यक्रम गरिने भएको छ। नरेन च्याटर्जीले ९ अगस्टमा उत्तर बङ्गालका सबै जिल्लासहित जलपाईगुडीमा केन्द्रिय रुपमा आन्दोलनको कार्यक्रम राखिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement