सिलगढीमा ५ करोड रुपियाँको लागतमा पोल्ट्री फीड प्लान्टको उद्घाटन

6141ad48-e0ed-4c3f-ae8d-3fd7be6a1800


दैनिक १०० मेट्रिक टन खाद्यान्न उत्पादन हुने, सय परिवार लाभान्वित हुने

सिलगढीःपश्चिम बंगालका विभिन्न जिल्लाका बजारहरूमा विभिन्न प्रकारका पशु दानाको बढ्दो मागलाई ध्यानमा राख्दै, पश्चिम बंगाल पशु संसाधन विकास निगम लिमिटेडले सालबोनी, कल्याणी, गजल र सिलगढीमा पोल्ट्री फीड प्लान्टहरू स्थापना गरेको छ।अबदेखि दार्जिलिङ जिल्लाको मल्लागुडीमा रहेको सिलगढी पोल्ट्री फिड प्लान्टले कुखुरा र बोइलर कुखुराको दाना उत्पादन गर्नेछ। खाद्यान्नको गुणस्तर कायम राख्दै बैज्ञानिक रुपमा कुखुराको दाना किसानको पहुँचमा सुपथ मुल्यमा पुर्‍याउने प्रयास भएको संस्थाले जनाएको छ। चार करोड ९५ लाख रुपियाँको लागतमा दैनिक १०० मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट निर्माण भएको उल्लेख छ। यसबाट करिब एक सय परिवार लाभान्वित हुनेछन्। मंगलबारको कार्यक्रममा पश्चिम बंगाल पशु संसाधन तथा विकास विभागका प्रभारी मन्त्री स्वपन देवनाथ, पश्चिम बंगाल पशुधन विकास निगम लिमिटेडका अध्यक्ष अनन्त देव अधिकारी र सिलगढी नगरपालिकाका मेयर गौतम देव उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement