एम्समा देशको पहिलो रोबोटिक सर्जरी प्रशिक्षण केन्द्र खोलियो

98789568.png

नयाँ दिल्ली: अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) नयाँ दिल्लीमा मंगलवार बिहान ११ बजे रोबोटिक सर्जरी प्रशिक्षण केन्द्रको उद्घाटन गरियो। यो देशकै पहिलो रोबोटिक सर्जरी प्रशिक्षण केन्द्र हो ।एम्सका अधिकारीहरू अनुसार यो सुविधा एम्स नयाँ दिल्लीको वेट ल्याब, एसईटी (कौशल, ई-लर्निङ, टेलिमेडिसिन) सुविधा औ कन्भर्जेन्स ब्लकमा उपलब्ध हुनेछ। यो केन्द्रको स्थापना इण्डिया मेडट्रनिक प्राइभेट लिमिटेडको साझेदारीमा गरिएको हो। यो केन्द्रले सर्जनहरूलाई रोबोटिक सर्जरीमा सर्वश्रेष्ठ प्रशिक्षण प्रदान गर्नेछ यसमा सिमुलेशन सहित वेट ल्याब प्रशिक्षण पनि सामेल छ। यस केन्द्रमा एम्स बाहेक अन्य अस्पतालका डाक्टरहरूले पनि रोबोटिक सर्जरीको प्रशिक्षण लिन सक्नेछन्। अब डाक्टरहरूलाई रोबोटिक सर्जरीको प्रशिक्षणको लागि विदेश जाने आवश्यक्ता पर्नेछैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement