हाम्रो पार्टीका अध्यक्ष एडवार्ड्सद्वारा तामाङ गाउँमा बाटो निर्माण कार्यमा सहयोग

Screenshot_20230502_171227_WhatsApp.jpg

दार्जीलिङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको भ्रमणले यस क्षेत्रको मूल समस्याको समाधान भएको स्थानीय गाउँलेहरूले बताएक छन्।सुकिया-मानेभन्ज्याङ समष्टि अन्तर्गत मझुवा ग्राम तामाङ गाउँका बासिन्दाहरू गाउँसम्म पूग्ने बाटो नभएको कारणले गर्दा धेरै प्रकारका समस्याहरू झेल्दै आईरहेका थिए।सन १९८६ को गोर्खाल्याण्ड आन्दोलनपछि १९८८ सालमा दार्जीलिङ गोर्खा पार्वत्य परिषदको गठन भएको थियो।त्यसरी नै २००७ को गोर्खाल्याण्ड आन्दोलनपछि २०११ सालमा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन(जीटीए)को गठन भएको हो अनि आज पनि जीटीए यथावत छ।सत्तामा बस्नेहरूले विकाशको ढोल पिटदै आईरहेको भएता पनि पहाडमा के कति विकाश भएका छन भन्ने विषयको प्रमाण मझुवा ग्राम तामाङ गाउँले दिएको छ। अहिलेको कम्प्युटर युगमा पनि गाउँसम्म पूग्ने बाटो नहुनु भनेको दुर्भाग्य हो।मझुवा ग्राम तामाङ गाउँका बासिन्दाहरू आफुहरूको गाउँसम्म पूग्ने बाटोेको निर्माण गरि दिनुहोस भन्दै सत्तामा बस्नेहरूदेखि नेतृत्व गर्ने नेताहरूको घर घरमा पूगेर गुहार लगाए तर कसैले पत्तो दिएनन। यता हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको मझुवा ग्रामको भ्रमण अवधि स्थानीय गाउँलेहरूले गुहार लगाउँदा उनले बाटोको निर्माण कार्यको निम्ति जेसीपी दिएर बाटोेको खनन कार्य शुरू गरीसकेको छ।कच्चा बाटो नै भए पनि तामाङ गाउँका बासिन्दाहरूले आफ्नो गाउँसम्म पूग्ने बाटो पाउँदा अति नै हर्षित बनेको देखिन्छन।स्थानीय गाउँलेहरूले पार्टी अध्यक्ष अजय एडवाडर्स,पार्टी महासचिव एंव सभासद फुर्तेम्बा भोटिया,समष्टि अध्यक्ष दीपेन राई आदि प्रति आभार जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement