कारगिल शहिद परिवारद्वारा ह्विल चेयर प्रदान

Screenshot_20230502_170113_Samsung-Internet.jpg

नक्सलबारी: नक्सलबारीको मणिराम ग्राम पन्चायत अन्तर्गत बडा मणिरामजोत संसद (भयापुजोत) मा युवराज विश्वकर्माको सात वर्षीय छोरा देव विश्वकर्मालाई कारगिल शहीद परिवारको पक्षबाट एउटा ह्विल चेयर प्रदान गरियो। प्राप्त जानकारी अनुसार सहिद परिवारका समाजसेवी नेत्रराज छेत्री (रामु) को बाहुलीबाट आज उक्त ह्विल चेयर प्रदानगरियो भने यस अवसरमा किलारामजोतका भूतपूर्व सैनिक तथा समाजसेवी किशोर कुमार छेत्रीको पनि विशेष उपस्थिति रहेको थियो। शारीरिक रुपले अशक्त रहेको देव विश्वकर्माको परिवार पक्षबाट सहयोगको लागि कारगिल सहिद परिवारप्रति आभार प्रकट गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement