गान्तोक: भारी वर्षाको कारण सिक्किमको नाथुला नजिकै फसेका ३० पर्यटकहरूलाई सीमा सडक संगठन (बीआरओ) द्वारा उद्धार गरिएको छ।बीआरओ-का कर्मबीर योद्धाहरूले फेरि एकचोटि आफ्नो कौसलता र उदारता प्रदर्शन गरेका छन्।बीआरओका अनुसार उद्धार गरिएका मानिसहरूलाई तातो खाना खुवाइयो र बीआरओको छाउनीमा आश्रय दिइयो। बीआरओले सडक खोलिसकेपछि तिनीहरूलाई सकुशल गान्तोक फर्काइयो। यो नि:स्वार्थ समर्पण लेफ्टिनेन्ट जनरल राजीव चौधरीको सक्षम निर्देशनमा, यसको विशेषता भएको बीआरओ-को तर्फबाट भनिएको छ।

भारतको मौसम विज्ञान विभागले आगामी पाँच दिनसम्म सिक्किम र पूर्वोत्तरका अन्य भागहरूमा जारी वर्षाको प्रभाव तीव्र हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार सोमबारदेखि शुक्रबार( १-५ मई )सम्म उत्तरपूर्वी भारतमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम तीव्रताको व्यापक वर्षा जारी रहनेछ।









