नेपालमा मानव तस्करको अभियोगमा दुई पूर्व उपप्रधानमन्त्री निकटहरू पक्राउ

IMG-20230410-WA0166.jpg

काठमाण्डौंः नेपालको पुलिसले मानव तस्करीमा संलग्न ठूलै गिरोहको पहिचान गरेको छ। त्यस्तो गिरोहमा पूर्वउपप्रधानमन्त्रीदेखि मन्त्री भइसकेकाहरूका निकटस्थहरू पनि संलग्न रहेको भन्दै पुलिसले पक्राउ गरेको छ। नेपाल पुलिसले मंगलवार बिहान पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेको छ। उनीमाथि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानव तस्करीमा संलग्न रहेको आरोप छ। काठमाण्डौ पुलिसका प्रमुख दानबहादुर कार्कीले राईलाई ललितपुरबाट पक्राउ गरिएको जानकारी दिए। मानव तस्करीमा संलग्न रहेको आरोपमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव रहिसकेका केशव दुलाल पक्राउ परिसकेका छन्।

राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। पूर्वगृहमन्त्री बादलका छोरा पनि छानविनको दायरामा छन्।गिरोहसँग सम्बन्ध रहेको भन्दै सीपीएन यूएमएलका नेता समेत रहेका सांसद टोपबहादुर रायमाझी माथि पनि छानविन बढाइएको छ। पुलिस स्रोतका अनुसार घटनामा संलग्नताबारे छानविन भइरहेकाले थप व्यक्तिहरू पक्राउ पर्नेछन् जसमा शक्तिशालीहरू पनि छन्। पुलिसले मानव तस्करको एउटा गिरोह नै पत्ता लगाएको थियो जसले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विभिन्न व्यक्तिहरूबाट ३ हरोड २४ लाख रुपियाँ ठगी गरेको खुलेको छ। ती गिरोहले सरकारी संयन्त्रको समेत दुरुपयोग गरेको पुलिसको दाबी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement