जलपाइगढी: जलपाइगढीको रानीनगर इलाका पर्ने राष्ट्रिय राजमार्गमा एउटा ग्यास ट्याङ्करसँग लरी ठोक्किएको छ। खबर प्राप्त हुनसाथ दमकल र जलपाइगढी सदर ट्राफिक पुलिस तुरुन्तै घटनास्थलमा पुगे। रानीनगरबाट आसाम जाँदै गरेको ग्यासले भरिएको टयाङ्कर राष्ट्रिय राजमार्गमा छिर्ने क्रममा सिलगढीबाट असम जाँदै गरेको लरीसँग ठोक्किएको बताइएको छ। घटनापछि स्थानीयको भीड लागेको थियो। ग्यासका कारण कुनै पनि प्रकारको दुर्घटना हुन नदिन दमकल कर्मीहरू घटनास्थलमा तैनाथ छन्। यद्यपि जुनसुकै पनि बेला ग्यास लिक हुन सक्ने भन्दै स्थानीयवासीहरू चिन्तित छन्।









