बिहेमा गरिब कन्याको सहारा बने केन्द्रीय मन्त्री निशिथ प्रमाणिक, आफैले उठाए सबै खर्च, बिहेमा स्वयं पनि सहभागी

8c43de7c-a5e1-4e68-96ce-ca6bfe7c9728


कुचबिहार: आमा-बुवाको मृत्युपछि तीन दिदी-बहिनी असहाय भइन्। तिनीहरूको एक भाइ थिए जो धेरै अघि बिते। दुई दिदी-बहिनीको विवाह भइसकेको छ भने कान्छी बहिनी सोनाली राजभरको विवाहमा नाना थरीका समस्या थिए। कुचबिहारको वार्ड नम्बर १० अन्तर्गत विवेकानन्द स्ट्रिटमा बस्ने तुकी राजभर आफ्नी बहिनी सोनाली राजभरको विवाहलाई लिएर विभिन्न समस्याको सामना गरिरहेकी थिइन्। आर्थिक अभावका कारण जेठी बहिनी तुकी राजभर कान्छी बहिनीको बिहेका लागि सहयोगका माँग्दै ठाउँ–ठाउँमा भौतारिरहेकी थिईन्। अन्ततः केन्द्रीय गृह राज्यमन्त्री निशित प्रमानिक तुकी राजभरकी बहिनी सोनाली राजभरको विवाहको जिम्मेवारी लिन तयार भए। मन्त्री निशिथ प्रमाणिक विवाहको सम्पूर्ण खर्च मात्रै नभई विवाह समारोहमा समेत सहभागी भए।मन्त्रीको यो कदमबाट सोनालीको परिवार र स्थानीयवासीहरू निकै खुसी छन्। कुचबिहार सहरको वार्ड नम्बर १० को एक गरिब परिवारकी केटी सोनाली राजभरको विवाह केही दिन अघि नै तय भएको थियो। तर चरम गरिबीका कारण यो विवाह कसरी गर्ने भन्ने चिन्ता परिवारलाई थियो। तर यो खबर कुचबिहारका सांसद तथा मन्त्री निशिथ प्रमाणिकको कानमा पुगेपछि उनले ती कन्याको विवाहको सम्पूर्ण खर्चको जिम्मेवारी आफैंले लिए। यति मात्र होइन, साँझ विवाह समारोहमा मन्त्री निशिथ प्रमानिक स्वयं सहभागी भएका थिए।

About Author

Advertisement