अलिपुरद्वारमा बिहानदेखि नै अर्ना भैंसीको ताण्डव, मानिसहरू आतंकित

fb0f2a2e-6347-448a-8b2f-39dc7bd0fc48

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कालचिनीमा आज बिहान अर्ना भैँसीले ताण्डव मच्चायो। कालचिनी ब्लकको गोदामडाबरी क्षेत्रमा आज बिहानै अर्ना भैँसीको उपद्रवका कारण मानिसहरू आतंकित भएका छन्। मंगलबार बिहान झिसमिसे उज्यालोमै त्यो अर्ना भैँसी बक्सा बाघ आयोजनाको जंगलबाट बाहिर निस्केपछि गोदामडाबरी गाउँमा प्रवेश गरी तहसनहस गर्न थालेको स्थानीयले बताए। अर्ना भैँसीको नंगा नाँच देखेर मानिसहरू आत्तिएका थिए। यहाँ गाउँमा अर्ना भैँसी प्रवेश गरेको खबर पाएलगत्तै बक्सा बाघ आयोजनाका वनकर्मी घटनास्थलमा पुगेर यसलाई वशमा ल्याएर पुन जंगल फर्काउन प्रयत्न गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement