फिटनेस कारणहरूले गर्दा साइना नेहवालले एशियाई खेलहरूको ट्रायल्समा भाग नलिने

IMG-20230502-WA0124.jpg

२ मईः कमनवेल्थ गेम्समा दुईपल्टकी च्याम्पियन साइना नेहवालले फिटनेस कारणहरूले गर्दा एशियाई खेलहरूको निम्ति राष्ट्रिय ब्याडमिण्टन चयन ट्रायल्समा भाग लिनेछैनन्। भारतीय ब्याडमिण्टन संघले तेलंगानामा स्थित ज्वाला गुट्टा एकाडमीमा ४-देखि ७ मईसम्म एशियाई खेलहरूका निम्ति टीमको चयन गर्न ट्रायलको आयोजन गर्नेछ। एशियाई खेलहरू २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चीनको हांगझूमा हुनेछ। भारतीय ब्याडमिण्टन संघका महासचिव सञ्जय मिश्राले भने, फिटनेस कारणहरूले गर्दा साइनाले भाग लिनेछैनन्। यसबाहेक कुशल राज र प्रकाश राजले पनि ट्रायल्सबाट आफ्नो नाम फिर्ता लिएका छन्। ट्रायलको निम्ति आमन्त्रित अन्य सबै खेलाड़ीहरूले चाहिँ यसमा भाग लिनेछन्।
साइनाले अन्तिमपल्ट ओरलियन्स मास्टर्समा खेलेकी थिइन्। गत केही समयदेखि चोटसँग जुझिरहेकी विश्वकी पूर्व नम्बर एक खेलाड़ीले जनवरीमा ब्याडमिण्टन एशिया मिश्रित टीम च्याम्पियनशीपको ट्रायलमा पनि हिस्सा लिएकी थिइनन्। यसरी नै उनी गत वर्ष कमनवेल्थ गेम्सको ट्रायल्सबाट पनि बाहिर रहेकी थिइन्। ब्याडमिण्टन संघले विश्व ऱ्यांकिंगको आधारमा पीभी सिन्धु (विश्व ऱ्यांकिंग ११), एचएस प्रणय (९), चिराग शेट्टी र सात्विकसाईराज रंकीरेड्डी (६)-को पुरुष जोड़ी, त्रीसा जली र गायत्री गोपीचन्द (६)-को महिला जोड़ीलाई एशियाई खेलहरूका निम्ति सीधा चयन गरेको छ।
एशियाई खेलहरूका निम्ति चयन ट्रायलमा भाग लिने खेलाड़ीहरूका सूची यसप्रकार छः
पुरुष एकलः लक्ष्य सेन, किदाम्बी श्रीकान्त, प्रियांशु राजावत, मिथुन मञ्जुनाथ, साई प्रणीत, मेनसम मीराबा, भरत राघव, अंसल यादव र सिद्धान्त गुप्ता।
महिला एकलः आकाशी कश्यप, मालविका बंसोदा, अश्मिता चालिहा, अदिति भट, उन्नति हुड्डा, अलीशा नाइक, श्रियांशी वलीशेट्टी, अनुपमा उपाध्याय।
पुरुष युगलः एमआर अर्जुन र ध्रुव कपिला, कृष्ण प्रसाद र विशुवर्धन, सूरज गोला र पृथ्वी रोय, नितिन एचभी र साई प्रतीक।
महिला युगलः अश्विनी भट र शिखा गौतम, तनीषा क्रास्टो र अश्विनी पोनप्पा, राधिका शर्मा र तन्वी शर्मा।
मिश्रित युगलः रोहन कपूर र सिक्की रेड्डी, साई प्रतीक र तनिषा क्रास्टो, हरिहरन र वार्शिनी, हेमागेन्द्रा बाबू र कनिका कंवल।

About Author

Advertisement