मैदानमा तीखो बहस:विराट कोहली र गौतम गम्भीरको साथमा नवीन उल हकमाथि भारी जरिमाना

IMG-20230502-WA0116.jpg

२ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को म्याचमा सोमवार राति विराट कोहली र गौतम गम्भीर फेरि एकार्कासँग भिड़े। आईपीएलको इतिहासमा एकार्काको कट्टर प्रतिद्वन्द्वी मानिने यी दुईबीच मैदानमा भएको तीखो बहसले प्रशंसकहरूलाई पनि चकित बनायो। लखनऊ सुपर जाइण्ट्सका मार्गदर्शक (मेण्टोर) गम्भीर र रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-का खेलाड़ी कोहलीबीच मैदानमा तीखो बहस शुरु हुँदा दुवै टीमका खेलाड़ीहरू अघि आएर मामिलालाई शान्त गर्नु पऱ्यो। म्याचमा लखनऊको टीमलाई जीतको निम्ति १२६ रनको लक्ष्य हासिल भएको थियो तर होम ग्राउण्डमा खेल्दै केएल राहुलको कप्तानीमा रहने टीमले १०८ रन मात्र बनाउन सक्यो। यसरी आरसीबी म्याचमा १८ रनले विजयी भयो। म्याच सकिएर खेलाड़ीहरूबीच हात मिलाउने क्रम शुरु हुँदा चाहिँ विवादको सूत्रपात भयो। सर्वप्रथम लखनऊका खेलाड़ी नवीन उल हक अनि कोहलीबीच केही वाद-विवाद भयो। त्यसपछि गम्भीर र कोहलीबीच बहस शुरु भयो। एउटा भीडियोमा काइल मेयर्सले कोहलीसँग केही बातचीत गर्ने प्रयास गर्दा गम्भीरले वेष्ट इण्डिजका खेलाड़ीलाई त्यहाँबाट हटाउने प्रयास गरिएको पनि देखिएको छ। त्यस घटनापछि बहसले झन् उग्र रूप लियो। अन्तमा सीनियर खेलाड़ी अमित मिश्रा अघि आएर दुवैलाई अलग गरे।

आईपीएल मैदानमा यस्तो अशोभनीय घटनापछि बीसीसीआई-ले पनि कोहली र गम्भीरलाई कठोर शास्ती दियो। यी दुईको साथमा अफगानिस्तानका पेस बलर नवीन उल हकले पनि रिहाई पाएनन्। बीसीसीआई-ले कोहली र गम्भीरमाथि म्याच फीसको १०० प्रतिशत जरिमाना लगायो। यसको साथमा आईपीएल आचार संहिताको उल्लंघन गरेकोमा नवीन उल हकमाथि पनि म्याच फीसको ५० प्रतिशत जरिमाना लगाइयो। नवीन उल हक र कोहलीबीच म्याचको १७औं ओभरमा पनि बहस भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement