१ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ४३औं म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले लखनऊ सुपर जाइण्ट्सलाई रोमाञ्चक म्याचमा १८ रनले पराजित गऱ्यो। लखनऊको होम ग्राउण्डमा टस जितेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनायो। कप्तान फाफ डू प्लेसिसले सर्वाधिक ४४ रन बनाए। यसबाहेक विराट कोहलीले ३१ रनको योगदान दिए। यी दुईलाई छोड़ेर अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। लखनऊका बलरहरूमा नवीन-उल-हकले सर्वाधिक ३ विकेट लिए। यसबाहेक रवि बिश्नोई र अमित मिश्राले २-२ विकेट हासिल गरे। जवाफमा लखनऊ सुपर जाइण्ट्सको टीम १९.५ ओभरमा १०८ रन बनाएर अलआउट भयो। शीर्ष क्रमको चरम विफलताबीच कृष्णप्पा गौतमले सर्वाधिक २३ रन बनाए। यसबाहेक अमित मिश्राले १९ रनको योगदान दिए। आरसीबी-का बलरहरूमा जोस हेजलवुड र कर्ण शर्माले २-२ विकेट लिए।