कोलकाता: सुप्रिम कोर्टले कलकत्ता हाईकोर्टका न्यायाधीश न्यायमूर्ति अभिजीत गांगुलीको एकल पीठबाट शिक्षक नियुक्तिसित सम्बन्धित दुई मामिला फिर्ता लिने आदेश दिएको छ, त्यसलाई फिर्ता लिने प्रक्रिया सोमवार शुरू गरिएको छ।हाईकोर्टका मुख्य कार्यकारी न्यायाधीश टीएस शिवगणनमले न्यायाधीश गांगुलीको पीठबाट ती मामिलाहरूसित सम्बन्धित सबै फाइलहरू फिर्ता मागेका छन्। यसमध्ये एक मामिला त्यो छ, जसमा न्यायमूर्ति गांगुलीले अभिषेक ब्यानर्जी र कुन्तल घोषलाई मुखामुखी बसाएर सोधपुछ गर्नलाई भनेका थिए र दोस्रो कुन्तल घोषसित सम्बन्धित मामिला छ। सोमवार बिहान १०.३० बजी हाईकोर्ट खोलिनसाथ कार्यकारी मुख्य न्यायाधीशले यी दुवै मामिलासित सम्बन्धित फाइलहरू न्यायमूर्ति गांगुलीको पीठबाठ फिर्ता मगाएका छन्। सुप्रिम कोर्टले गत शुक्रवार न्यायमूर्ति गांगुलीलाई यी दुवै मामिलाहरूको सुनवाई गर्नेदेखि रोकेको थियो।