कोक्राझार: बोडोफा उपेन्द्र नाथ ब्रह्मको आज ३३औं पुण्यतिथि उनको जन्म स्थान दोतमा शहर स्थित थुलुङ्गापुरीमा मनाइयो आज बिहानैदेखि अल बोडो स्टूडेन्ट यूनियन (आब्स) का संस्थापक एवं बोडोफा उपेन्द्र नाथ ब्रह्मको शहीद वेदीमा श्रद्धाञ्जली अर्पित गर्नका लागि बोडो समाजका मानिसहरूको कतार लागिरह्यो। कार्यक्रममा आब्लूका केन्द्रिय उपाध्यक्ष खर्मदाव वारी, विधायक लरेन्स इस्लामीका साथै कोकराझार जिल्ला आब्सू र यूपीपीएलका सबै सदस्यहरूले बोडोफाको प्रतिमामा पुष्प अर्पित गरी आफ्नो श्रद्धाञ्जली अर्पित गरे आब्सूका नेतृत्वमा थुलुङ्गापुरीबाट शान्ति र एकताको उद्देश्यको मध्यनजर परेवा उड़ायो।
त्यहाँ विधायक इस्लामी, बीटीसीका धेरै कार्यकारी पार्षदका साथै आब्सू, यूपीपीएलका सदस्य भारी संख्यामा उपस्थित थिए। वारी एवं विधायक इस्लारीले बोडोफाको जन्म स्थान थुलुङ्गापुरीको विकासको निम्ति उठाइएको कदमको निम्ति बीटीसी परिषद सरकार र असम सरकार एवं मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई मनबाट धन्यवाद दिए। ज्ञात होस्, तल्लो असमको कोकराझार जिल्लाको दोतमाको बगाड़ी नाम गरेको गाउँमा गत ३१ मार्च १९५९ मा बोडोफा उपेन्द्र नाथ ब्रह्मको जन्म भएको थियो ०१ मई १९९० मा निधन भएको थियो। उनले बोडो समाजको अधिकारहरूको निम्ति लामो राजनीतिक लड़ाई लड़ेका थिए जसले गर्दा बोडो समाज आज आफूलाई उनको ऋणि मान्दछ।