महिलालाई कैद गरी लगातार दुष्कर्मको आरोपमा आईएसएफ नेता पक्राउ

IMG-20230410-WA0169.jpg

कोलकाता: एक महिलालाई घरभित्र कैद गरी महिलासित लगातार दुष्कर्मको आरोपमा दक्षिण २४ परगनाको भांगड़ निवासी इण्डियन सेकुलर फ्रन्ट (आईएसएफ) को एक नेतालाई पक्राउ गरेको छ। पीड़िताले काशीपुर थानामा यससित सम्बन्धित प्राथमिकी दर्ता गराएकी छन्, जसबाट उसलाई पक्राउ गरिएको छ। जानकारी अनुसार, पेशाले टोटो चालक उक्त नेता विवाहित हो र उसका नानीहरू पनि छन्। उसले बीच-बीचमा टोटोमा उक्त महिलालाई बसाएर घुमाउने गर्थ्यो। गत साता लुगा किन्ने भनेर उसले महिलालाई राजारहाट लग्यो, जहाँ जमालपाड़ा क्षेत्रमा एक भाड़ाको घरमा महिलालाई कैद गन्यो औं तीन-चार दिनसम्म लगातारा दुष्कर्म गरिरह्यो। यति मात्र होइन उसले पूरा घटनाको भीडियो बनाएर महिलालाई धमकी पनि दिन थाल्यो र उसको गहना पनि खोस्यो। महिलाले जसो तसो घर फर्केर थानामा प्राथमिकी दर्ता गराइन् जसपछि उसलाई पक्राउ गरियो।
बारूइपुरका अतिरिक्त पुलिस अधीक्षक मकसूद हसनले भने, लिखित शिकायतको आधारमा आरोपितलाई पक्राउ गरिएको छ। घटनाको जाँच जारी छ। यद्यपि, आईएसएफको भनाई छ, उसको नेतालाई फंसाइएको हो। पोलेरहाट दुई नम्बर अंचलका आईएसएस उपाध्यक्ष इजाजुल मोल्लाले भने, जमीन रक्षा समिति र तृणमूलले मिलेर हाम्रो नेतालाई फंसाएको हो। राजनीतिक रूपमा उनीहरूले हामीलाई जित्न सकिरहेका छैनन् यसैले षड़यन्त्र रचिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement