माउण्ट एभरेष्ट आरोहरणको निम्ति अहिलेसम्मकै सर्वाधिक संख्याले लिए अनुमति

Untitled-1-copy-14

काठमाण्डौँः विश्वको सर्वोच्च शिखर माउण्ट एभरेष्ट आरोहरणको अनुमति लिएर अहिलेसम्मकै सर्वाधिक संख्या त्यसतर्फ पुगिसकेका छन्। उनीहरु अनुकूल मौसमको प्रतिक्षामा छन्। वसन्त ऋतु हिमाल आरोहरणका लागि नेपालमा उपयुक्त मौसम मानिन्छ। त्यसकारण यो मौसममा बढी आरोहीहरु अनुमति लिने गर्छन्। नेपालको एभरेष्ट आरोहणको ७० वर्षको इतिहासमा वसन्त ऋतुमा सर्वाधिक संख्याले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार २८ अप्रिलसम्म ६४ देशका ४६६ जनाले एमरेष्ट आरोहरणको अनुमति लिएका छन्। तीमध्ये ९८ पुरुष र ३६८ महिला छन्। सबैभन्दा बढी चीनका ९६, अमेरिकाका ८७ र भारतका ४० जनाले अनुमति लिएका छन्। एभरेष्ट आरोहरणमा यसपाली पुरुषको भन्दा महिलाको संख्या झण्डै चार गुणाले बढी छ। नेपालको २४ वटा हिमालहरु आरोहरण गर्न २८ अप्रिलसम्म ८० देशका एक हजार ७९ जनाले अनुमति लिएको पर्यटन विभागले विज्ञप्तिमार्फत् उल्लेख गरेको छ। यसवापत् ५६ लाख ४५ हजार २९६ रोयल्टी प्राप्त भएको भनिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement