कोलकाता: भारत-बांग्लादेशबीच चल्ने बन्धन एक्सप्रेसबाट सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले ६८.४५ लाख रूपियाँ मूल्यको प्रतिबन्धि कस्मेटिक, दवाई, तम्बाकू र अन्य घरेलू समान उद्धार गरेको छ। सोमवार बीएसएफको तर्फबाट जारी बयान अनुसार, भारत-बांग्लादेश सीमा चौकी पेट्रापोलमा तैनात १४५औं बटालियनको बीएसएफ जवानरूलाई बांग्लादेश जाने बन्धन एक्सप्रेसमा भारी मात्रामा गैरकानूनी तरीकाले कस्मेटिक समान, दवाई, घरेलू समान र अन्य प्रतिबन्धित चीजरू पठाइँदैछ भनी गोप्य सूचना प्राप्त भएको थियो। कोलकाताको चित्तपुर स्टेशनबाट हिँडेर यो ट्रेन पेट्रापोल हुँदै बांग्लादेशको खुलनासम्म जान्छ। यहाँ खोजी कुकुरहरू र ह्याण्डलरको मद्दतले ट्रेनको कम्पार्टमेन्टको सघन तलाशी लिइयो, जहाँबाट भारी मात्रामा तम्बाकू, दवाईहरू र अन्य घरेलू समानका साथै प्रतिबन्धित कस्मेटिक्स र लुगा पनि उद्धार गरियो। यसलाई अघिको कानूनी कारबाहीको निम्ति पेट्रापोल कस्टम विभागलाई सुम्पिएको छ। यसलाई कसले ट्रेनमा राख्यो र कहाँ पठाइँदैथियो, यसको जाँच शुरू गरिएको छ।