काठमाण्डौँः नेपालको संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीको संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन्। आज सोमवार बसेको आरएसपी संसदीय दलको बैठकले लामिछानेलाई दलको नेतामा चयन गरेको हो। लामिछाने २० नोभेम्बर २०२२ को चुनाउपछि पनि संसदीय दलको नेता थिए। तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशले उनको सांसद पद नै खारेज भएको थियो। चितवन २ बाट लामिछाने २३ अप्रिलको चुनावमा पुनः निर्वाचित भएर आए। त्यसपछि उनलाई पुनः दलको नेता बनाइएको हो।
संसदमा लामिछाने नेतृत्वको आरएसपीको २१ सिट रहेको छ। कुनै दलको पनि बहुमत नभएकाले सत्ताको जोडघटाऊमा यो सिट संख्या महत्वपूर्ण छ। यसकारण लामिछानेलाई सत्तामा आउन प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरिसकेका छन्। यसको खुलासा स्वयं प्रचण्डले आजै गरिसकेका छन्। अमेरिकाको ग्रीनकार्ड पाएर उतै बसेका लामिछाने टेलिभिजन प्रस्तोताका रुपमा नेपाल आएर लोकप्रीय बने। उनले २०२२ मा दल खोलेर अभूतपूर्व सफलता हासिल गरेका थिए।