नाम्चीः सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा नाम्चीको भाइचुङ स्टेडियममा आजदेखि अल सिक्किम चिफ मिनिस्टर्स २ डिभिजन एस-लिग च्याम्पियनशिप शुरू भयो। आज पहिलो म्याच सञ्जु फुटबल एकाडेमी र कलुक स्पोर्टिङ क्लबबीच सम्पन्न भयो। उक्त खेल १-१ गोलको बराबरीमा समाप्त भयो। उल्लेखनीय छ, अल सिक्किम चिफ मिनिस्टर्स २ डिभिजन एस-लिग च्याम्पियनशिप अन्तर्गत नाम्चीको भाइचुङ स्टेडियम र गान्तोकको पाल्जोर स्टेडियममा म्याचहरू खेलाइने छन्। भोलि नाम्चीमा दुईवटा म्याच खेलाइने छन्। पहिलो म्याच गेजिङ स्पोर्टिङ क्लब बनाम हाउलर्स एफसी सिङतामबीच तथा दोस्रो म्याच सिनोल्चु एफसी नाम्ची बनाम कलुक स्पोर्टिङ क्लबबीच सम्पन्न हुनेछन्।










