भूतपूर्व सैनिक संघ र पूर्व विधायक संघका प्रतिनिधिहरूद्वारा राज्यपालसॅंग भेट

Untitled-1-copy-10

गान्तोकः सिक्किमको पूर्व विधायक संघ र भूतपूर्व सैनिक संघका सदस्यहरूले आज सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे। पूर्व विधायक संघका पदाधिकारीहरूसॅंग भएको भेट अवधि राज्यसित सम्बन्धित विभिन्न मुद्दाहरूमाथि चर्चा भएको राजभवनले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ। सिक्किमको विकासलाई ध्यानमा राख्दै सामान्य लक्ष्यहरू प्राप्त गर्ने दिशामा मिलेर काम गर्नुपर्ने विषयमा चर्चा भयो।

यसरी नै सिक्किमको भूतपूर्व सैनिक संघका पदाधिकारीहरूले राज्यपाललाई विभिन्न विषयहरूमाथि ध्यान आकर्षित गराए। राज्यपालले भूतपूर्व सैनिकहरूलाई देशको निम्ति उनीहरूको सेवाका लागि आभार प्रकट गरे। सैनिकहरूले समाज र देश सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् भन्दै उनीहरूसॅंग सम्मानको व्यवहार आवश्यक रहेको राज्यपालले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement