ड्रग्स तस्कर पुलिस एनकाउन्टरमा घाइते

IMG-20230410-WA0169.jpg

नगाउँ: नगाउँ जिल्लाको रूपहीहाट पुलिसद्वारा चलाइएको अभियानमा एक ड्रग तस्कर पुलिस एनकाउन्टरमा घाइते भएको छ। पुलिस अधीक्षकले भने, सोमवार बिहाने रूपहीहाट थाना प्रभारीद्वारा चलाइएको अभियानमा नंगलधुवा गाउँको रमिजुल हकलाई पक्राउ गर्नका साथै त्यसदेख ९४.६५ ग्राम हेरोइन सहित ७२ प्लास्टिकको शीशी उद्धार गरियो। पुलिस सूत्रहरू अनुसार, पक्रा परेको तस्करलाई पैदल आफ्नो वाहनतिर लगिरहेको समय पुलिसकर्मी जीतू मोनी हजारिकामाथि अचानक हमला गर्यो र अन्धकारको फायदा उठाउँदै ड्रग्स तस्कर घटनास्थलबाट भाग्न थाल्यो। पुलिस टीमले उसलाई रोकिने चेताउनी दियो तर उसले कुनै जवाफ दिएन। आरोपितलाई भाग्दै गरेको देखी थाना प्रभारीले चेताउनीको रूपमा आफ्नो सर्विस पिस्तौलले दुई राउण्ड हवाई फाईरिङ गरे, आरोपितले न तक नै जवाफ दियो न रोकियो नै आरोपितलाई रोक्न पुलिसले टीमले गोली चलायो, गोली उसको खुट्टामा लाग्यो। त्यसपछि आरोपित भूईमा लड्यो।घाइते आरोपितलाई तुरन्तै पुलिस टीमले रूपाहीहाट मोडल अस्पतालमा भर्ती गरायो। गोली उसको देब्रे खुट्टाको घुँडामा लागेको छ। प्राथमिक उपचारपछि चिकित्सकहरूले उसलाई गाउँ मेडिकल कलेज एण्ड अस्पतालमा रेफर गरे। पछि उसलाई तेजपुर मेडिकल कलेज एण्ड अस्पताल लगियो। पुलिस कानूनी कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement