नेपालका राष्ट्रपति पौडेल भारतमा उपचारपछि फर्किए

n4955335761682966676708db377b04866d349a21fe9452486869c8ddcef78a9c7eb1615ba53033f8dfa3ca.jpg

काठमाण्डौः नेपालका राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं फर्किएका छन्। उनी आइतवार राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि फर्किएका हुन्।पौडेल १९ अप्रेलमा एयर एम्बुलेन्सबाट दिल्ली लगिएका थिए। उनको पेटमा समस्या भएपछि चिकित्सकको सल्लाह अनुसार आकस्मिक उपचारका लागि लगिएको थियो।

यसैगरी, नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी पनि मुम्बईमा उपचारपछि फर्किएका छन्। उनी आइतवार राति नै फर्किएका हुन्। भण्डारी घरमै ग्याँस सिलिंडर लिक भएर दुर्घटनामा परेका थिए। उनकी आमाको घटनामा निधन भएको थियो। भण्डारीलाई आकस्मिक रुपमा उपचारका लागि मुम्बई लगिएको थियो। नेपाल फर्किएपछि भण्डारीले आफूलाई साथ सद्भाव दिने सबैलाई धन्यवाद दिएका छन्। उनलाई चिकित्सकले अझै केही महिना आराम गर्न सल्लाह दिएको विज्ञप्तिमार्फत् उल्लेख गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement