राजभवनमा गुजरात र महाराष्ट्रको स्थापना दिवस मनाइयो

Untitled-1-copy-9

गान्तोकः केन्द्र सरकारको फसेला अनुरूप आज राजधानीस्थित राजभवनमा गुजरात-महाराष्ट्रको स्थापना दिवस पालन गरियो। यस कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथि थिए। यस अवसरमा गुजरात र महाराष्ट्रका निवासीहरूलाई आमन्त्रित गरिएको राजभवनले प्रेस विज्ञप्तिमा जनाएको छ। केन्द्र सरकारको फसेला अनुसार एक मईमा एक भारत श्रेष्ठ भारतलाई ध्यानमा राख्दै आज सबै राज्य एवं केन्द्र शासित प्रदेशहरूमा गुजरात-महाराष्ट्रको स्थापना दिवस मनाइयो। फसेला अनुसार, सबै राज्यहरूले अब केवल आफ्नो स्थापना दिवस मात्र होइन, तर अन्य राज्यहरूका स्थापना दिवस पनि मनाउने छन्।

राज्यपालले भने, म यस पहलको आन्तरिक ह्रदयले सम्मान गर्दछु। यस प्रकारको निर्णयले सबै राज्यमा मध्य समन्वय स्थापित हुनेछ र एकअर्काका संस्कृतिहरूको बारेमा अवगत भएर भावनात्मक रूपमा एकअर्काको नजिक हुनेछन्। राज्यपालले भने, भारतको विविधतामा भिन्न धर्म, भाषा, संस्कृति, जाति आदि अनेक अर्थहरूमा आफ्नो पहिचान राख्दछ। यी सबै संस्कृतिहरूका साथै उनीहरूका विशिष्टतालाई बुझ्नु र सम्मान गर्नु भारतको एकताको निम्ति आवश्यक छ। भाषा, भेष-भूषा, भ्रमण र भोजनले हामीलाई जोड्ने काम गर्दछ। हामीले आफ्नो समृद्ध संस्कृतिको पालन गर्दै अरूहरूको संस्कृतिको पनि सम्मान गर्नुपर्छ भनी राज्यपालले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement