सिटिजन एक्सन पार्टीले अन्तरराष्ट्रिय श्रमिक दिवस मनाए

FB_IMG_1681668491827.jpg

गान्तोकः रानीपुल छेउ मार्चकमा आज सिटिजन एक्सन पार्टीले अन्तरराष्ट्रिय श्रमिक दिवस मनायो। पार्टीका प्रमुख समन्वयक गणेश राईको अध्यक्षतामा पालन गरिएको श्रमिक दिवसमा राज्यभरिका विभिन्न फार्मा कम्पनीका श्रमिकहरू, पार्टीका पदाधिकारीहरू र कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको प्रेस विज्ञप्तिमा बताइएको छ। आफ्नो वक्तव्यको क्रममा पार्टीका प्रमुख समन्वयक गणेश राईले सबैलाई अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभेच्छा व्यक्त गरे। उनले श्रम विभाग श्रमिकहरूको पक्षमा नभएको बताउँदै सिक्किम कहालीलाग्दो अवस्थामा गुज्रिनु परेको बताए। श्रमिक वर्गको पक्षमा सरकारले काम गर्न सक्नुपर्छ औ श्रमिकले सरकारसॅंग बोल्न पाउनुपर्छ भनी बताए।

सदियौंदेखि मानेको नेताले सहि काम नगरेकाले आफुहरूले राजनीति गर्नुपरेको बताउॅंदै सिटिजन एक्सन पार्टी सरकारमा आएपछि श्रमिकवर्गको पक्षमा कानुन बनाउने बताए। उनले सिक्किमका होटेल व्यवसाय बाहिरको कम्पनीलाई वर्तमान सरकारले दिएको आरोप लगाए। उनले सरकार व्यवस्था बिना चलेको कारण सिक्किमको भाग्य र भविष्य सुरक्षित नरहेको बताए। आजको कार्यक्रमलाई पार्टीका सक्रिय नेता प्रकाश पराजुली, तिमी नाम्फिङ्का समष्टि अध्यक्ष रत्नबहादुर राई, पार्टीको फ्रण्टल काउन्सिलका अध्यक्ष नरेन्द्र अधिकारी आदिले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement