सिलगढी: केएफसी सिलगढीको पहलमा आज अचानक सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसन भवनमा नानीहरूलाई अघिको पढाई कसरी गर्नुपर्ने भन्ने बारेमा दिलाराम चियाबारी निवासी डा. कमल भुजेलले मार्गदर्शन गराएको केएफसीका अध्यक्ष सुरेन प्रधानले बताएका छन्l डा. कमल भुजेल जसले हालैमा मिजोरम युनिभर्सिटीबाट भौतिक शास्त्रमा पीएचडी गरेका छन्l केएफसीको दशौ स्थपना दिवसमा उनलाई क्लबको पक्षबाट उनको नानीहरूप्रतिको विशेष योगदानलाई कदर गर्दै सम्बर्धना जनाइएको थियो। क्लबका कार्यकारी अध्यक्ष सुरेन प्रधानको अगुवाईमा यसरी डा. कमल भुजेललाई सुकुनामा निम्त्याएर नानीहरूलाई शिक्षा सम्बन्धि सान्दर्भिक ज्ञान तथा मार्गदर्शन गराइयो । प्रायः डेड घण्टा चलेको यो कार्यक्रम अति नै रोचक रह्यो र नानीहरूले खुबै मन पराएl डा. कमल भुजेलले नानीहरूलाई हफ्तामा एक दिन शनिबार बेलुकी ३ बजेदेखि ४ बजेसम्म सुकुनामै आएर नि:शुल्क गणित पढाउने भएका छन् भने कम्पिटिटिभ एक्जाम दिँदै गरेका नानीहरूलाई पनि सित्तैमा म्याथ कोचिङ गराइदिने भएका छन्।
आज सुकुना नारी कल्याण संगठनका नारीहरू क्रमैले श्रीमती अनुरा खवास प्रधान र श्रीमती रोजी प्रधानको सक्रियतामा नानीहरूलाई बोलाइएको थियो। आजको कार्यक्रममा तीनधारे निवासी क्रमैले सुश्री गोपिका ब्राह्मण जसले बीएससी म्याथ अनर्स अनि बीएड गरिसकेकी छिननl तीनतिनधारेकै सुश्री पुर्णिामा छेत्री जसले भुगोलमा एमए अनर्स गरेर हाल मुर्शिदाबाद युनिभर्सिटीबाट बीएड गरिरहेकी छिन्l उनको दोस्रो सेमिस्टरको शुल्क केएफसीले मिलाइ दिने दायित्व लिएको छ भने गोरुबथान निवासी सुश्री प्रेरणा भुजेल जसले उत्तर बङ्गाल युनिभर्सिटीबाट जियोलजीमा पीएचडी गरिरहेकी छिन्l उनीहरू पनि आज डाक्टर कमल भुजेल सग उपस्थित थिए भने केएफसीका सहसचिव बिजय लिम्बू पनि उपस्थित थिए । कार्यक्रम अति नै रोचक भयो र उपस्थित सबै नानीहरूले खुबै रुचाए । डा. कमल भुजेललाई धन्यवाद छ।